कर्मचारीले सामान चोरी गरेपछि भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर्मचारीले सामान चोरी गरेपछि भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा



चितवन । कर्मचारीहरुले नै सामान चोरी गरेपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष अस्पतालमा छापा मारेको छ ।

अस्पतालका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष अस्पतालमा मंगलबार छापा मारेको हो।

हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ। प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो।


प्रतिक्रिया दिनुहोस्