थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो



काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो।

बर्दिया नार्खु निवासी २८ बर्षीय महिला, सिराहा निवासी ३० बर्षीय पुरुष, पर्सा विरगञ्ज निवासी २८ र २९ बर्षीय पुरुष, सर्लाही रामनगर निवासी १८ बर्षीय महिला, चितवन गढौली निवासी २५ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्