रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ३०४ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ३०४ पुग्यो



काठमाडौँ। पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

पछिल्लो परीक्षण रिपोर्टअनुसार सङ्क्रमित हुनेमा रौतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरूष, रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाइ ५ निवासी ३८ वर्षीय पुरूष हुनुहन्छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्