थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो



नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

शनिबार बाँकेमा कोरोनाको कारण एक २५ वर्षीय युवकको मृत्यू भएको थियो । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यू भएको छ भने ३६ जना निको भएका छन् ।

जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएकाे छ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्