कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमण पुष्टि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ ।

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्