जनकपुरधाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
काठमाडौं। नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मुत्यु भएको छ ।
धनुषाको जनकपुरधाममा थप एकजना ६० वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनी जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८का बासिन्दा हुन ।
क्षयरोग र निमोनिका बिरामी उनलाई १८ दिनदेखि आईसीयूमा राखेर उपचार गरीदै आएकोमा गएराती मुत्यु भएको कोभिड–१९ संयोजक डा जामुन सिंहले बताए ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।













