७ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिमका ४ हजार ५५ जनाले कोरोना जिते



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ४ हजार ५५ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो ।

स्वास्थ्थ्य निर्देशनालय डोटीका अनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति संक्रमित

अछाम ७१८
बैतडी ३२२
बझाङ्ग २८३
बाजुरा ४५२
डडेल्धुराका ३०४
दार्चुलाका ४३
डोटीका ७४०
कैलालीका १३४४
कंचनपुरका ५८९

जम्मा महिला १ हजार १७२ र पुरुष ३ हजार ६२३ संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्