त्रिविद्धारा स्नातक तह प्रथम बर्षको नतिजा सार्वजनिक, नतिजा हेर्ने तरिकासहित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७६ साल भाद्र–आश्विन महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार बर्षे बीबीएस प्रथम बर्ष २०७६ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।
साथै उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (Space) roll number टाईप गरी 33624 मा SMS मा गरेर पनि हेर्न सकिनेछ ।
नतिजा हेर्ने तरिका तल अपलोड गरिएको छ । यो जानकारी आफुले पढिसकेपछि सम्बन्धित विद्यार्थी भाईबहिनीहरुका लागि सेयर गरिदिनुहोला । तपाईको सानो कार्य कसैका लागि सहयोग हुनेछ ।












