१८ भदौ २०८३, बिहिबार

सिटिजन्स बैंकको १ सय ११औं शाखा दाङ्गको तुलसीपुरमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज आपनो १ सय ११ औं शाखा दाङ्गको तुलसीपुरमा विस्तार गरेको छ ।


यसशाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवाअन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।


सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।


विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुदपनिकर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमाएसएमई कर्जा (सानातथामझौलाकर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगतकर्जा) १०.९९% वार्षिक ब्याजदरमाप्रवाहगर्ने योजनादेशैभरी छरिएका बैंकका १११ शाखाहरुबाट संचालनमाल्याएको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ११० वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।