२४ भदौ २०८३, बुधबार

काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१ सय २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोमबार काठमाडौं उपत्याकामा पछिल्लो २४ घण्टामा थप २२८३ जना कोरोना संक्रमित थपिएका थिए । काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पां.डा. जागेश्वर गौतमले बताएका थिए ।