२४ भदौ २०८३, बुधबार

बाबुराम प्रमाण भए पेस गर, नत्र माफी माग



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुढीगण्डकी आयोजनासँग जोडेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहालमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएको छ ।

बुधबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै बुढी गण्डकी आयोजनामा दुवै अध्यक्षले अरबौं रकम घुस लिएको भनी डा. भट्टराइले लगाएको आरोप आधारहीन, झूठ, कपोकल्पित एवं दुरासयपूर्ण रहेका बताएका छन् । उनले नेकपाले उक्त आरोपलाई पूर्ण रुपमा खारेज गर्ने बताएका छन् ।

डा. भट्टराईले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा सार्वजनिक रुपमै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।