मंगलबार २६ अंकले बढ्यो सेयर बजार, ४ अर्वको कारोवार
काठमाडौं । मंगलबार सेयर बजार नेप्से परि।सुचक बढेर २६ अंकमा पुगेको छ । विश्व बजारमा कोरोनाको भ्याक्सीन पत्ता लगाएको दिन सेयर बजारमा उछाल आएको हो ।
मंगलबार बैंक बीमा समुहको सेयरमा बृद्धि भएको छ । जलविद्युत र म्युचल फण्डबाहेक अन्य समूहको सेयरमा हरीयाली छाएको छ । नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको छ ।
मंगलबार सबैभन्दा बढी जिवन बीमा समुहको ४ सय ७६ अंकले सेयर बढेको छ । ४ अर्व ९ करोडको सेयर खरिद विक्री भएको छ । १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको हो ।













