कृति क्यापिटललाई माछापुच्छ्रेले गाभ्ने
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले कृति क्यापिटललाई किन्ने भएको छ । माछापुछ्रे क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट उक्त क्यापिटललाई गाभ्ने प्रस्ताव गरेको हो ।माछापुछ्रे क्यापिटलको साधारण सभा मंसिर ४ गते सम्पन्न भएको थियो ।
सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको बार्षिक प्रतिवेदन पारित गरिएको थियो । कम्पनीको सञ्चित मुनाफा १ करोड ३६ लाख ३९ हजार रुपैयाँमध्येबाट चुक्ता पूँजीको ६.४ प्रतिशत दरले हनु आउने रकम रु १ करोड २८ लाख नगद लाभाशं वितरण गर्ने सामान्य प्रस्ताव तथा कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई माछापुच्छ«े क्यापिटल लिमिटेडमा गाभ्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
मर्जरपश्चात् कम्पनीको नाम माछापुछ्रे कृति क्यापिटल लिमिटेड कायम हुने भएको छ । छापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहको सहायक कम्पनी हो ।










