कामना सेवा विकास बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई ५० हजार सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगत लोक गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गरेको छ । उनले कुनै समय श्रोतामाझ निक लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीत गाएका थिए ।
६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै आफ्नो सुरिलो स्वरले गाउदै धेरै श्रोताको मन जित्न सफल भएका थिए भने २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो ।

“रिंकीबुङको राँगोलाई…..चुङकेबुङको चुलेसीले” गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित रहेकाछन् । सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका हुन । सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले बताए ।
काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।














