राष्ट्र बैंक १७ अर्बको ट्रेजरी बिल जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने स्रोत (आन्तरिक ऋण मार्फत) जुटाउन केन्द्रीय बैंकले अनलाईन बिडिङ्ग मार्फत सोमबार दिउँसो २ बजे सो रकम बराबरको बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको र ९१ दिन अवधिको १२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
सोमबार बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल मंगलबार जारी हुने छ । मंगलबार जारी हुने २८ दिन अवधिको ट्रेजरी बिल २०७७ पुस २१ गते र ९१ दिन अवधिको २०७७ फागुन २५ गते परिपक्व हुने छ ।
बोलकबोल मार्फत खरी गर्न सकिने ट्रेजरी बिलको लागि बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणहरुले समेत आवेदन गर्न सक्नेछन् ।
https://www.nrb.org.np/contents/uploads/2020/12/4_Auction_Notices-2077-08-22.pdf













