करेक्सन हुँदै सेयर बजार, बिहीबार ४ अर्व १४ करोडको कारोवार
काठमाडौं । बिहीबार सेयर बजार करेक्सन भएको छ । साताको अन्तिम दिन सेयर बजारमा केही हरीयाली छाएको छ । बिहीबार कारोवारको सुरुवातमा केही बढेको नेप्से कारोवार खुलेको १ घण्टा नपुग्दै १९७३ अंकमा पुगेको थियो ।
बुधबार र बिहीबार सेयर बजारमा खासै घटबढ भएन । बुधबार १९५५।७५ अंकमा पुगेर बजार बन्द भएको बजार बिहीबार भने १९६४.०२ अंकमा पुगेर बन्द भएको छ । बुधबार भन्दा बिहीबार नेप्सेमा सामान्य सुधार भएको छ । बुधबार ९.०४ अंकले बढेको नेप्से बिहीबार भने ८.२७ अंकले बढेको छ ।

बिहीबार २ सय ४ कम्पनीको ४ अर्व १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँको कारोवार भएको छ । आज ९८ लाख ८३ हजार १९७ कित्ता सेयर कारोवार भएको छ ।













