७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकको ग्राहकलाई अनलाईन भुक्तानी गर्दा क्यास व्याक



काठमाडौं ।स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियानलाई आत्मासात् गर्दै बैंकले sastodeal.com को ९ औं वर्षको उपलक्ष्यमा सन्राइज बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकशरुले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्नुहुने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २,५०० सम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिर देखि ३० मंसिर २०७७ सम्म रहने र क्यास व्याक रकम योजना समाप्ति पश्चात प्रदान गरिनेछ ।

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्