आरएसडिसी लघुवित्तले डाक्यो बुक क्लोज तथा साधरण सभा
काठमाडौं । आरएसडिसी लघुवित्तले सातौं साधरण सभा गर्ने भएको छ । आज विहान ८ बजे बसेको संचालक समितिको बैठकले आउदो पुस २४ गते ७ औं साधरणसभा गर्ने एक सुचना जारी गदै जानकारी दिएको छ ।

कम्पनीको प्रस्तावित चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाको ९ प्रतिशतले हुने ६ करोड ४ लाख पैतिस हजार बराबरको बोनस शेयर वितरण गर्ने स्वीकुति गर्ने प्रस्ताब पेश गरेको छ ।
त्यस्तै कम्पनीले संस्थाको जारी पुँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाबाट बढाएर ७३ करोड १९ लाख ५९ हजार ७ सय ६५ पुर्याउने प्रस्ताब पेश गरेको छ । कम्पनीको साधारणसभा पुस २४ गते बुटबलमा हुने छ ।











