१८ भदौ २०८३, बिहिबार

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको २३६ औं सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारणसभा बोलाउन सक्ने छ ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ८८ करोड ३१ लाख रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ। कर प्रयोजनसहित २४ करोड ५३ लाख रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।