हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा सहमती सहित अघि बढ्यो, डिडिए गराउने दुई बैंकको सहमती
काठमाडौं । नेपालको बैंकिङ इतिहाँसमा ठुला दुई बैंकविच मर्जर गर्न डिडिए गर्ने सहमती भएको छ । ६ महिनाअघिदेखी मर्जर गर्ने चर्चा चलेपछि दुई बैंक विच गएको तिनसातादेखी लगातार छलफल र बैठक भैरकेको छ । यद्धेपी मर्जरको कुरा दुबै बैंकले गोप्य राख्ने र त्यसको साक्षी राष्ट्र बैंकलाई पनि राख्ने सहमती भएको छ ।
मर्जर गर्ने नगर्ने भन्दा पनि दुबै बैंकले डिडिए गराउने सहमती भएको बैंक स्रोतले जनाएको छ । स्रोत भन्छ ‘डिडिए गर्दैमा मर्जर हुन्छ भन्ने फिक्स छैन, अव ५० प्रतिसत मर्जर हुन्छ भन्ने मान्दा हुन्छ ।’ पारिवारीक नातेदारको दुई बैंक मर्जर हुँदा नेपालको बैंकिङ क्षेत्रमा उथलपुथल आउनेछ ।
गत चैत्रमा हिमालयन बैंकका सीईओ अशोक राणाको कार्यकाल थप गर्ने बेलामै दुई बैंक मर्ज गर्ने मौखिक सहमती गरेका थिए । सो सहमती गरेर लामो समय सेलाएका हिमालयन र इन्भेष्टमेन्टका प्रमोटरहरु कोरोनालाई कारण देखाएर चुप लागेर बसेका थिए । अहिले राष्ट्र बैंकले मौखिक सहमती खोजेपछि पुर्न मर्जरको चर्चा चलेको हो ।
किन हुँदैछ डिडिए ?
हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले दुई बैंक डिडिए गर्ने सहमती भएको बताए । मर्जर भन्दा पनि हिमालयन बैंकको स्ट्रेन्थ के हो त भन्नको लागी पनि डिडिए आवश्यक रहेको बताए । नेपाली कम्पनीबाटै डिडिए गराउने तयारी भएको गौतमले बताए । हाम्रो बैंकको पिक्चर्स क्लियर गरेपछि मात्रै अरु बैंकसंग कुरा गर्न सहज हुने गौतमले बताए । ‘हामी इन्गेजमेन्ट गर्ने अवस्थामा पुगेका छैनौं’ त्यसको लागी दुबै बैंकको अवस्था, संचालक समिति र म्यानेजमेन्ट कसरी फर्मेसन गर्ने भन्ने कुरामा सहमती भएपछि मात्रै अगाडी बढ्ने गौतमले बताए ।
लक्ष्मी र एभरेष्टको घट्ना दोहोरिएला ?
विगतमा लक्ष्मी बैंक र एभरेष्ट बैंकले मर्जर गर्ने सहमती गरेर डिडिए समेत गराएका थिए । खेतान ग्रुपको होल्ड रहेको लक्ष्मी बैंक भारतको पञ्जाव नेशनल बैंकको समेत लगानी रहेको एभरेष्ट बैंकविच एमओयू र डिडिए भएपछि धेरैले मर्ज हुने अपेक्षा गरेका थिए । तर एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले एक पत्रकार सम्मेलनामा लक्ष्मी बैंकले आफ्नो हैसियत विर्षेर वार्गेनिङ गरेकाले मर्जर नभएको बताएका थिए ।
त्यस्तै नेपालको प्रथम गभर्नर हिमालय शमसेर राणाले स्थापना गरेको हिमालयन बैंक र तत्कालिन विदेशीले चलाएको ग्रिनलेज बैंक,पछि (इन्भेष्टमेन्ट बैंक) पृथ्वी बहदुर पाँडेले पछि नेतृत्व गरेको इन्भेष्टमेन्ट बैंक ज्वाई शसुराको बैंक हो । केही समयअघि दुई ठुला बैंक प्रतिस्प्रर्धि मात्रै होइन एक अर्काका दुस्मनी समेत थिए । अहिले ठुलो बैंकको अध्यक्ष बन्ने लालसा पृथ्वी पाँडेमा रहेको छ भने ठुलो बैंकको सीईओ बन्ने लालसा पाँडेका शाला नातापर्ने अशोक राणामा रहेको छ ।













