२४ भदौ २०८३, बुधबार

पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ



काठमाडौं । विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित १ जना पक्राउ परेका हुन् ।

श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर–२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । ती व्यक्तिमाथी थप अनुसन्धान भइरहेको उनले बताए ।