कक्षा १२ को परीक्षाफल माघ पहिलो साता आउने
काठमाडौ । कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ । यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
अहिलेसम्मपरीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ । अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काम भइरहेको बोर्डले जनाएको हो ।
काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउँछ । ढिलाभएनि माघ पहिलो सातासम्म नतिजा आउँछ आउने परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म चलेको थियो। परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए । कोरोना महामारी कारण गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो ।













