२४ भदौ २०८३, बुधबार

स्रोत नखुलेको ८ लाखसहित १ जना पक्राउ



काठमाडौं । स्रोत नखुलेको ८ लाख रुपैयाँ सहित रौतहटबाट एक जना पक्राउ परेका छन ।

सोमबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई मौलापुर–५ बाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ–१ का १७ वर्षीय धिरेन्द्र साह रहेका छन ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो ।

साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अवैध ८ लाख रुपैयाँ फेला परेको हो। पक्राउ परेका साहलाई गैर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।