सनराइज बैंकका ग्राहकलाई Vivanta Kathmandu मा विशेष छुट
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ Hotel Vivanta Kathmandu मा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले Vivanta Kathmandu को Mynt र Akari Restaurant मा खाना र बेबरेज (soft beverages) को सनराइज बैंकको के्र्रडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।











