एलएलबीको प्रवेश परीक्षा माघ १७ मा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा गर्ने परिक्षातालीका सार्वजनिक गरेको छ ।
परिक्षको लागी नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ ।














