शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि, शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालय खोल्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकल शुक्रबार एक सुचना जारी गदै भोली शनिबार नेपाल क्लियरिङ हाउस लिमिटेड खुल्ला गर्ने निर्णय भएकोले राजस्व संकलन गर्ने तथा बैंकको क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु खुल्ला गर्न निर्देशन दिएको छ ।
साथै बैंकले भोली राजस्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न पत्राचार गरेको छ ।













