१८ भदौ २०८३, बिहिबार

हिमालयन बैंकको साधारण सभा सम्पन्न,१४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बार्षिक साधारण भिडियो कन्फ्रेन्सको (Online Meeting) माध्यमबाट संचालन गरिएको बैंकले जनाएको छ ।

साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्नने छ ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ATM र ४२०० भन्दा बढी POS Terminals संख्या बाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई रु. १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको बैंकले जनाएको छ ।