१८ भदौ २०८३, बिहिबार

ग्रीन डेभलपमेन्ट बैंकले ५.१० प्रतिशत लाभांश घोषणा गर्ने



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ५.१० प्रतिशत लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ प्रतिशत नगद लाभांश गरी कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांंश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।