९.५ प्रतिशतमा एनसीसी बैंकले साढे ३ अर्बको ऋणपत्र जारी गर्न बोर्डको अनुमति
काठमाडौं । एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्न बोर्डको अनुमति पाएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंले साढे ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्न अनुमति पाएको हो । बैंकले जारी गर्ने ऋणपत्रको १० वर्ष अवधि छ ।
‘एनसीसी बैंक ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले गत सोमबार माघ ५ गते बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले ९.५ प्रतिशत व्याजदरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्ने छ ।
सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधारण तवरबाट १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।












