१८ भदौ २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई Lavie रेस्टुरेन्टमा १० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र Lavie रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकहरुले Lavie रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुहुनेछ ।उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र Lavie रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।