अन्तिम दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख बढिको आवेदन, १७ अर्ब बढि संकलन
काठमाडौं । शुक्रबारदेखि निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपीओमा लगानीकर्ताको व्यापक आकर्षण देखिएको छ । चौथो दिनमा ११ लाख ७७ हजार ९२० जनाले आवेदन दिएको अन्तिम दिन ५ बजेसम्म १५ लाख २ हजार ४९८ जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापितलले जनाएको छ ।
सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता सेयरका लागि १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ संकलन भएकोमा अन्तिम दिन मंगलबार ५ बजेसम्म १७ करोड ७९ लाख ४६ हजार ६६५ कित्ता ेयरका लागि १७ अर्ब ७९ करोड ४६ लाख ६६ हजार ५ सय रुपैयाँ संकलन भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।यो आवेदन माग गरिएको भन्दा २.३४ गुण बढि आवेदन परेको हो ।
पुर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले खुलेको सो बैंकले ८ अर्व बराबरको रु १०० अंकित दरले ८ करोड सेयर निस्कासन गरेको थियो । नेपाल इन्फ्रास्ट्रचर बैंकमा नेपाल सरकारको लगानी रहेको नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । हालसम्मकै सबैभन्दा ठुलो आईपिओ निष्कासन गरेको हो ।
इन्फ्रास्ट्रक्चर बैंकसंग अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व पुग्नेछ । २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।













