१८ भदौ २०८३, बिहिबार

इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गरी आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

दुई संस्थाबीचको संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।