प्रभु लाइफ द्धारा ५० लाख मृत्युदाबी भुक्तानी
काठमाडौं । प्रभु लाइफले मुत्युदाबी भुक्तानी गरेको छ । महोत्तरी जिल्ला हतिसर्वाकासुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि. संग जीवन बीमा गर्नुभएकोमा उनको मृत्यु भएपछि उनको श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।
मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको कम्पनिले जनाएको छ ।











