१८ भदौ २०८३, बिहिबार

सुर्योदय लघुवित्तको नाफा ६४ प्रतिशतले बढ्यो



काठमाडौं । सुर्योदय लघुवित्तको नाफा ६४ प्रतिशतले बढेको छ ।संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय अनुसार लघुवित्तको नाफा ६४ प्रतिशतले बढेको हो ।कम्पनिले ४ करोड ६० लाख रुपैयाँ यो चालु वर्षमा नाफा कमाएको छ । गएको वर्ष यही अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएकोे थियो ।

त्यस्तै कम्पनिले यस बर्ष पुस मसान्तसम्ममा १० करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सकेको हुनाले कम्पनीको नाफा बृद्धि भएको विवरणमा उल्लेख गरिएको छ । कम्पनिको हाल २१ करोड ५० लाख रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ ।

त्यस्तै, दोस्रो त्रैमामसम्ममा १ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएर १ अर्ब ३० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब भन्दा धेरै कर्जा लगानी गरेको सार्वजनिक भएको विवरणमा उल्लेख छ । प्रतिशेयर आम्दानी ४२.८५ प्रतिशत, मुल्य आम्दानी अनुपात ३२.०९ प्रतिशत, तरलता अनुपात १५.९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७५.१३ रहेको जनाएको छ ।