निर्धन उत्थान लघुवित्तको नाफा ८५ प्रतिशतले घट्यो
काठमाडौं । दोस्रो त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा ८५ प्रतिशतले घटेको छ ।कम्पनिले आर्थिक वर्षको कमाइबाटे सम्भावित जोखिम व्यवस्थापन गर्न ८१ करोड २ लाख ६५ हजार रुपैयाँ छुट्याएको छ ।
कम्पनिको एमएसीडी र सिग्नल रेखाले स्पष्ट बुलिस क्रस गरेको छ भने हिस्टोग्राम सेन्ट्रल लाइन भन्दा माथि छ । बोलिन्जर ब्याण्डको माथिल्लो ब्याण्डमा मूल्यले ब्रेक गरेको छ भने कमोडिटी च्यानल इन्डेब्क धनात्मक १८३ को स्केलमा पुगेको छ । तर काराबार रकम भने कम भएको छ ।
कम्पनिले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।















