सारथी लघुवित्तले डाक्यो साधारण सभा,एफपीओ जारी गर्ने
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न साधारण सभा डाकेको छ । कम्पनीले वैशाख ३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो सभाले एफपीओ जारी गर्ने एजेण्डा अघि सारेको छ ।
कम्पनिको साधारण सभाको एजेण्डामा सर्वसाधारणलाई छुट्याइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृति लिई एफपीओ जारी गर्ने उल्लेख गरिएको छ ।
सारथी नेपाल लघुवित्तले साधारणसभाबाट ८.१३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पास गर्दैछ । कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ रहेको छ ।













