७ श्रावण २०८३, बिहिबार

सोमबार नेप्से सामान्य अंकले करेक्सन, साढे ४ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ । ३ दिनपछि खुलेको नेप्से करेक्सन हुँदै ५.४५ अंकले घटेर २५४३.५२ अंकमा बनद भएको छ । सोमबार दिनभरिमा नेप्से उतारचढाव हुँदै बन्द हुने समयमा करेक्सन हुँदै घटेको हो ।

सोमबार हाइड्रो पावर २४.५२, फाइनान्स ५.२ र माइक्रोफाइनान्स ४५.५ अंकले बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । सोमबार सर्वाधिक ट्रेडिङ समूहको २१२.८३ अंकले लगानीकर्ताले गुमाए ।

सोमबार दिनभरिमा २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ सेयर कित्ता ६४ हजार ५१५ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्