किसान लघुवित्तले एफपीओ मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर निष्काशन गर्ने
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ ।
एक कार्यक्रमका विच उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता–पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन ।
कम्पनिकोे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनिको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरेसंगै कम्पनिको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्ने छ ।
कम्पनिले धनगढी २, बैहाबेहडी कैलालीमा केन्द्रीय कार्यालय र कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा रहेर ४६ जिल्लामा आफनो शाखा विस्तार गरेको छ ।













