किसान लघुवित्तको सेयर कारोबार फुकुवा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

किसान लघुवित्तको सेयर कारोबार फुकुवा



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनिलाई अबदेखि तेस्तो गल्ती नदोहोर्याउन सुझाव दिएर संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ ।
कम्पनिले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेको भन्दै चैत ९ गतेबाट कारोबार रोक्का गरिदिएको थियो ।

कम्पनिले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर पुनः साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

उक्त सुचना जारी गरेसंगै क्म्पनिलाई नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेको भन्दै संस्थाको सेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेश निर्देशन दिदै पत्र पठाएको थियो । उत्तरमा कम्पनिले संस्थाकोे सेयर कारोबारमा प्रभाव पार्ने गलत मनसाय नभएको भन्दै गएको चैत १२ गते नेप्सेलाई पत्राचार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्