१२ कार्तिक २०८३, बिहिबार

डिप्रोक्स लघुवित्तको साधारण सभा आज हुँदै, २० प्रतिशत लाभांश पारित गरिने



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदै छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज (चैत २० गते शुक्रबार) चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदै छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्दै छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कूल २० प्रतिशत लाभांश पारित गर्दै छ ।

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन् । संस्थाले गत आर्थिक बर्ष ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिएको थियो ।