मेरो सेयरको समस्या यथावत, समाधान हुन अझै केहि दिन लाग्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मेरो सेयरको समस्या यथावत, समाधान हुन अझै केहि दिन लाग्ने



काठमाडौं । मेरो सेयरमा आएको समस्या जस्ताको तेस्तै रहेको छ । केहि दिन यतादेखि मेरो सेयरमा पटकपटक समस्या देखा परिरहेको छ जसले अहिले मेरो सेयरको स्तरोन्नति गर्न लागेकोले मेरमे सेयरमा उक्त समस्या देखा परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले जनाएको छ ।

केहिसमययता सेयर बजारमा लगानिकर्ताहरु बढेका छन जसले गर्दा सिस्टममा भार बढी पर्नगई मेरो सेयरमा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने समस्या आएको सिडिएससीले जनाएको छ ।

स्तरोन्नतिको काम अझै केहि दिन चल्ने हुँदा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरु आउने सिडिएससी जमनकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्