चार वित्तीय संस्थाको २३ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा २३ लाख ५० हजार ५ सय ४४.४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । १ फाइनान्स कम्पनी र ३ लघुवित्त वित्तीय संस्थाको २३ लाख ५० हजार ५ सय ४४.४१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकुत भएको हो ।
बोनस सेयर सुचीकुत भएको विजय लघुवित्त वित्तीय संस्थाकोे शेयरधनीहरुलाई वितरण गरेको १९ प्रतिशत बोनस बापतको ४ लाख २५ हजार ६ सय ५९.८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै पोखरा फाइनान्स कम्पनीले शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बोनस बापतको ४ लाख ५८ हजार ६ सय ४०.८६ कित्ता शेयर सूचीकृत भएको हो । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १९ प्रतिशत बोनस बापतको ८ लाख ६१ हजार ८ सय ७३.२५ कित्ता शेयर पनि सोमबार नै सूचीकृत भएको छ ।
त्यसैगरी आरएसडीसी लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई वितरण गरेकोे ९ प्रतिशत बोनस बापतको ६ लाख ४ हजार ३ सय ७०.४५ कित्ता बोनस बापतको शेयर सोमबार पनि नेप्सेमा सुचिकुत भएको छ ।













