ज्योति बैंकको नाफामा ३८.१९ प्रतिशत छलाङ, निक्षेप संकलन २४.८० प्रतिशत बढेर ४५ अर्ब ३१ करोड पुग्यो
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ६० करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा खुद नाफा ४३ करोड ६० लखा रुपैयाँ रहेको थियो । यो गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३८.१९ प्रतिशत बढि हो ।
त्यस्तै, बैंकले यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब १ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षमो यस अवधिमा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो गत आवको यस अवधिको तुलनामा ६.३३ प्रतिशत कम हो ।
चालु आर्थिक बर्षको यस अवधिमा बैंकले ८६ करोढ १४ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवको सोहि अवधिको तुलनामा यस बर्ष ३८.२४ प्रतिशत सञ्चालन मुनाफा बढाएको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ५४ लाख रुपैयाँ मात्र थियो ।
बैंकको चालु आर्थिक बर्षको यस अवधिमा चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख, जगेडा कोष १ अर्ब २८ करोड ९१ लाख रुपैयाँ, निक्षेप संकलन ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको यस अवधिमा चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष २७.८० प्रतिशत, निक्षेप २४.८० प्रतिशत र कर्जा ३३.०४ प्रतिशत बढेको छ ।
गत आर्थिक बर्षको यस अवधिमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६३ पैसा रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ २६ पैसा बढेर २० रुपैयाँ ८९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।













