विहिबार थप २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको ज्यान गयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विहिबार थप २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको ज्यान गयो



काठमाडौं । विहिबार पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको जम्मा संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै बिहीबार देशभरबाट २५२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्