भारतमा एकैदिन थपिए ३ लाख ३२ हजार बढी संक्रमित, २२ सय ६३ कोरोना संक्रमितले ज्यान गुमाए
काठमाडौं । छिकेकि भारतमा बितेको चौबिस घण्टामा ३ लाख ३२ हजार भन्दामा कोरोना संक्रमण भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा एकै दिन ३ लाख ३२ हजार ७ सय ३० संक्रमित थपिएका छन । भारतमा कुल संक्रमितको संख्या १६ करोड २७ लाख ३६ हजार भन्दा धेरै पुगेको छ ।
त्यस्तै पछिल्लो चौबिस घण्टामा मात्रै भरातमा २२ सय ६३ कोरोना संक्रमितले ज्यान गुमाएका छन । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८६ हजार ९ सय २० पुगेको छ ।













