एसबिआई बैंकको ३८.९१ प्रतिशतले नाफामा गिरावट, ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँमा सिमित
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको े तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा ३८.९१ प्रतिशतले कम नाफा आर्जन गरेको हो ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको सञ्चालन नाफा ३८.८८ प्रतिशतले घटेर १२ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३२५.९१ प्रतिशत अर्थात १० करोडबाट बढेर ४४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन ८.३९ प्रतिशतले घटेर १ खर्ब १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ, कर्जा लगानी ७.०४ प्रतिशतले बढेर ९५ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ, चुक्ता पूँजी ६ प्रतिशतले बढेर ९ अर्ब ४९ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँबाट घटेर १२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ रहेको छ ।













