पूर्व डेपुटी गभर्नर सिवाकोटीको देशभक्ति ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पूर्व डेपुटी गभर्नर सिवाकोटीको देशभक्ति ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक गरिएको छ । सिवाकोटीले लेखेको उक्त गित बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
आलोक श्रीले संगित दिएको ‘समृद्ध नेपाल’मा रुपक डोटेल र कृष्णा काफ्लेले स्वर रहेको छ । गितको भिडिायोमा भने कलाकारद्वय सृष्टि खड्का र दीपक कार्कीको अभिनय रहेको छ । गत फागुनमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदबाट अवकास पाएका सिवाकोटीले यस अघि विभिन्न साहित्यीक रचनाहरु लेखेका छन् ।












