जे. प्रिष्टलेलाई पत्र
प्रिय जे.प्रिष्टले
स्वास्थ्य मन्त्रालय,
प्रिय, महोदय,
सुरुमा यो अनुमति माग्छु कि तपाइलाई प्रिष्टले होइन प्रिय भन्ने । प्रिय यो पत्र सुरु गर्छु । यो पत्र ब्रिटेन मार्फत दिनुपर्दथ्यो या अमेरिका मार्फत यसमा मलाई दोष नदिनुहोला । महोदय आज तपाइको प्रिष्टले प्रिय पाएको छ । १७ औं शताब्दीमा आउनुभयो संसारलाई प्राणवायु (अक्सिजन) दिनुभयो । मैले बुझे सम्म तपाइले चर्चा पाउनुभयो या भएन आज हरेक क्षण तपाइको त्यो प्राण वायुमा मनुष्यको आत्माले जीवन खोजिरहेको छ । कुरा त बुझिसक्नुभयो होला आज महोदय तपाइले दिनुभएको त्यो प्राण वायुलाई हरेक समय चुनौति दिने अकालमै जीवन खोसिदिने एउटा नरसंहार कर्ता आएको छ । आज म सहजै अनुमान लगाउन सक्दिनँ सायद त्यति बेला यो सफलता नमिलेको भए आज के हुन्थ्यो भनेर । आज को यस परिस्थितिमा जिससले आफ्नो सरकारमा तपाईंलाई पक्कै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ होला । महोदय मेरो जन्मेको भूमि जस्तो त स्वास्थ्य मन्त्रालय कदापि छैन होला तपाइको । कतिपय साहेब को जीवन भित्र कमाइको डढेलो दन्काएको छ मेरो स्वास्थ्य मन्त्रालयले । नरसंहार कर्ता आउँछ भन्ने थाहा हुँदाहुँदै पनि तपाइको योगदानमा अर्को जीवन प्रदान गर्ने यो प्राणवायुमा कतिपयले ७ पुस्तेलाई पुग्ने सम्पत्ति जोड्ने फास्ट ट्रयाक बनाइसके । कतिपय भगवान बनेका मानवीय डाक्टरले भौतिक शरीर मात्र होइन त्यो प्राणवायु नहुदाँ हरेक पल जीवन मागिरहेका का लागि सम्पूर्ण तन मन पनि त गलाउन पछि परेका छैनन् ।
प्रिय, आजको यस परिस्थितिमा एकछिन आफ्नो कार्यभार लाई पर राखेर फेरि पनि मनुष्य केन्द्रित बनी ती तड्पिएका जीवनका लागि हरेक क्षण प्राणवायु दिनुहोस्न । आज ती हजारौं महापुरुषलाई सम्झिरहेछु यद्यपि तपाइको प्राणवायु पहिलो छ । यो पत्रमा औपचारिकता, नेपाल सरकार, न त प्रतिपक्ष कुनै महोदयको हस्ताक्षर नखोज्नुहोला किनकी यता एक नेपाली भेरियन्ट भनिने सत्ता भाइरस दशकौँ देखि निर्मूल नहुदाँ यी सबै थला परेका छन् । प्रिय मेरो आग्रह छ हिन्दुत्वलाइ क्रिस्चियानिटीको जलपको कारणले तपाइको मन्त्रालयबाट औपचारिक तवरले गाह्रो भएपनि यस मार्मिक घडीमा जिससलाई अनुरोध गरि उहां मार्फत श्री पशुपतिनाथलाई फेरि एकपटक मनुष्य जीवनको उद्धारका लागि निन्द्राबाट ब्युँझिन भनिदिनुहोला । महोदय आज म पनि यस परिस्थितिमा पूर्ण जिम्मेवार छु मैले पनि कयौं जीवनलाई तपाइको पनि देन रहेको प्राणवायु दिन सक्दिनँ खाली त्यो दर्दनाक परिदृश्य हेर्न बाध्य मात्र छु । आज हरेक पटक एक क्षण कसैले जीवन बच्छ भने तपाइ प्रियको नाममा, हरेक समय भित्र त्यही प्राणवायु को भोगी छ । तपाइको त्यो देन मेरो भूमिमा डलर डलर को स्रोत बनेको छ । तर उता डलर नहुनेको जीवन बगरमा हरेक सेकेन्डमा प्लाष्टिकमा निसासिएको, आफन्तको दाग बत्तीबाट विमुख छ, विदेशी भूमिमा राष्ट्रियताको कोरा सङ्गीतमा मात्र गुञ्जिएको छ । जीवनका लागि भगवान मानिएका डाक्टर साहेब र त्यस्तै कतिपय भाइरसले जीवन र मृत्युको दुष्चत्रमा परेकाको जीवनमा जीउदै तिलान्जलि दिएर प्राणवायुमा डलर देख्दा र कतिपय ले अमूल्य जीवन दिन रात नभनि एउटा पलाष्टिक भित्र र नाङ्गो आकाशमा भोको जीवन जीउन बाध्य हुँदा मानव भित्रको मानवियता मात्र देखिएन मानवियताको अवशान पनि त प्रष्टिएको छ ।
प्रिय, हर प्रयासमा पनि तपाइ जस्ता महापुरुषको को त्यो योगदानलाई चुनौति दिने यस नरसंहारकारी बाट छुट्कारा दिलाउन फेरी पनि यस शताब्दीमा तपाइ जस्ता हजारौं प्रिष्टले जन्म लिनु पर्छ र ओइलिएको आत्मालाइ फेरी फूलाउनु पर्छ । मेरेको लाश माथि पनि दाग बत्ती दिन नपाउने यस्तो दर्दनाक दुष्चक्रमा सिङ्गो मानव जातिलाइ घुडा टेकाएको यस नरसंहारकर्ता बाट मुक्ति दिलाउन तपाइको साहश र दृढताको खांचो अवश्य छ । सोच्नहोस् त आज मानव घरको अध्यारो कोढा मात्र सिमित छैन हरेक समय के मानव जीवनको अस्तित्वको आयु उसकै क्रियाकलापको दुस्प्रयास हो ? भन्ने प्रश्न पनि गरिरहेको छन । त्यति मात्र होइन आधुनिकताको जग मात्र प्रचुर प्राप्त भयो तर मानव मानवको छाति माथि टेकेर मानवियताको बिउ कुल्चिएर हिड्ने पनि त जग बनेछ भन्ने पनि धारणमा हिडिरहेको छ । यो जे भएपनि महोदय यस घडीमा तपाइ हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन ,बहाइ अरु जुनसुकै को प्रतिनिधि बन्नुहोस् तर हाम्रो जीवनको प्राणवायु बन्नुहोस् र हामीलाइ यस बर्मुडाबाट उद्धार गर्नुहोस् ।
कृष्ण पाठक, धनगढी ।












