गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री प्रदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री प्रदान



काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो ।

कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्