२४ भदौ २०८३, बुधबार

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल



काठमाण्डौ । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कुष्णाप्रसाद पौडेल नियुक्त भएका छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई सरकारले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।


प्राध्यापक डाक्टर जागेश्वर गौतम यसअघि मन्त्रालयको प्रवक्तामा रहेका थिए ।उनले कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेल नियुक्त भएका हुन ।